क्वारेन्टाइनमा मृत्यु भएका बागलुङका युवकको कोरोना रिर्पोट पोजेटिभ

२०७७ असार २१ आइतबार, बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आइतबार (आज) बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवकको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिनुभयो ।

उनी केही समय अगाडि भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए । उनीसहित भारतबाट आएका उनका परिवारका ५ जनाको स्वाब परीक्षणमा ३ जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको डा. मल्लले बताउनुभयो ।

डा. मल्लाका अनुसार नेगेटिभ आएका सबैको पुनः पीसीआर परीक्षण गरिने बताउनुभो । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार