स्वास्थ्य मन्त्रालय- ढलको पानीबाट कोरोना सर्दैन

२०७७ असार २१ आइतबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौँको ढलको पानीमा कोरोनाको जीवाणु देखिएको भन्ने समाचार भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

ढलको भाइरसमा कोरोना भाइरसको पहिचान भएपनि समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ढलमा काम गर्नेहरुले स्वास्थ्य सुरक्षा अपनाएर काम गर्नुपर्ने बताएको छ ।  हालसम्म ढलबाट कोरोना संक्रमण फैलिएको अहिलेसम्म प्रमाण फेला नपरेको बताउदै फोहोर पानीमा रहेको जीवाणुले अन्य रोग लाग्ने सम्भावना पनि रहने प्रति सतर्क हुन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी गराएका छन् ।

प्रवक्ता गौतमले अहिले आएको अध्ययनलाई पुरक अध्ययन मान्न सकिने भन्दै यसको आधिकारिकताको बारेमा सरकारले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा थप अध्ययन गर्ने बताए । मन्त्रालयले ढलको पानीबाट कोरोना नसर्ने भन्दै यसबाट नआत्तिन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार