जेष्ठ २१, २०७७ एएफपी
लन्डन — इंग्ल्यान्डले जुलाईमा वेस्ट इन्डिजविरुद्ध तीन टेस्ट खेल्ने भएको छ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले मंगलबार जनाएअनुसार यसका लागि सरकारी अनुमति आउन भने बाँकी छ ।
बोर्डका अनुसार जुलाई ८ देखि १२ सम्म पहिलो टेस्ट साउथह्याम्पटनमा हुनेछ । दोस्रो टेस्ट जुलाई १६ देखि २० तथा तेस्रो टेस्ट जुलाई २४ देखि २८ बीच म्यानचेस्टरमा हुनेछ ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण यो टेस्ट सिरिज पछाडि सारिएको हो । अघिल्लो साता मात्र वेस्ट इन्डिज जुन ९ मा इंग्ल्यान्ड आउन तयार भएको हो ।
पाहुना टिमले साउथह्याम्पटन जानुअगाडि म्यानचेस्टरमा तीन साता क्वारेन्टाइनमा बिताउनेछ । यसका लागि टेस्ट हुने मैदानछेउमै होटल व्यवस्था गरिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’