विदेशीलाई नागरिकता दिने अधिकृत पक्राउ

२०७७ असार २१ आइतबार, काँकडभिट्टा । २०७२ असार १० मा झुटो विवरण पेस गरी विदेशी नागरिकलाई नागरिकता र राहदानीसमेत बनाइदिएको आरोपमा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका एक अधिकृत काठमाडौंको गठ्ठाघरमा पक्राउ परेका छन् ।

अदालतले वारेन्ट जारी गरेका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले शनिबार गठ्ठाघरबाट पक्राउ गरेको थियो ।

आरोपलाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार