केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर संकलन

२०७७ असार २१ आइतबार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु भएको छ।केन्द्रीय सदस्य ठाकुर गैरेको अगुवाईमा हस्ताक्षर अभियान थालेका हुन्। हालसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको दाबी नेताहरुले गरेका छन् ।

पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन अभियान चलाएका हुन् । नेकपाको विधानमा एक चौथाई केन्द्रीय सदस्यले माग गरे बैठक बोलाउनु पर्ने व्यवस्था रहेको छ। ४४१ सदस्यीय नेकपा केन्द्रीय समितिमा हाल ४३७ जना रहेका छन्।एक चौथाईका लागि ११० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर आवश्यक पर्छ ।

‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनुपर्छ । निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले छलफल गरेर निकास दिनसक्छ’ नेता ठाकुर गैरेले भने ।

पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको उनले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार