२०७७ असार २२ साेमबार, काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६५ लाख मानिस निको भएका छन् । वोर्ल्डो मिटरको पछिल्लो अपडेट अनुसार विश्वभर अहिलेसम्म ६५ लाख २६ हजार ७४९ जना निको भएका छन् ।
विश्वभर कोरोना भाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अपडेट अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार नाघेको छ ।
विश्वमा हाल करिब १ करोड १५ लाख ४६ हजार ५१३ जना कोरोना संक्रमित पुगिसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।
कोरोना संक्रमित भएर निको हुनेको संख्या हेर्दा अमेरिकामा २९ लाख ८१ हजार संक्रमित हुदा १२ लाख ८५ हजार निको भएका छन् ।
त्यस्तै ब्राजिलमा १६ लाख संक्रमित हुँदा ९ लाख ७८ हजार ठिक भएका छन् ।
त्यसैगरी भारतमा ६ लाख ९७ हजार संक्रमित हुदा ४ लाख २४ हजार निको भएका छन् भने रसियामा ६ लाख ८१ हजार संक्रमित हुदा ४ लाख ५० हजार निको भएका छन् ।
त्यस्तै इटालीमा २ लाख ४१ हजार संक्रमित हुदा एक लाख ९२ हजार निको भएका छन् । त्यस्तै मेक्सिकोमा २ लाख ५२ हजार संक्रमित हुदा एक लाख ५२ हजार निको भएका छन् ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’