अमेरिकामा एक लाख ३२ हजार ५५२ को मृत्यु, २९ लाख ८१ हजार संक्रमित

२०७७ असार २२ साेमबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी घटेको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २३९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३२ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ५५२ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४५ हजार ७४२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २९ लाख ८१ हजार २ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १२ लाख ८५ हजार ४५० जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ८ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकाकाे न्युयोर्कमा ३२ हजार २४८ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २२ हजार २६३ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार २७९ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७६ हजार ९६७ जना संक्रमित भएका छन् । मसाचुसेट्समा ८ हजार १८३ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार २३०, त्यस्तै  पेन्सिलभेनियामा ६ हजार ८०४, क्यालिफोर्नियामा ६ हजार ३३७, मिचिगनमा ६ हजार २१८, कोनेक्टीकटमा ४ हजार ३३५, फ्लोरिडामा ३ हजार ७३२, लुसियानामा ३ हजार २९४ जना, मेरिल्याण्डमा ३ हजार २४३, ओहियो २ हजार ९३५, जर्जियामा २ हजार ८६०, इन्डियानामा २ हजार ६९३ र टेक्सासमा २ हजार ६६६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार