नेकपाभित्रको विवादका बिच नेता नेपाल र चिनियाँ राजदुतबीच भेटवार्ता

२०७७ असार २२ साेमबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी सक्रिय भएको अनुमान गरिएको छ ।

यसैक्रममा यान्छीले नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग कोटेश्वरस्थित निवास पुगेर भेटवार्ता गरेकी छन् ।राजदूत यान्छीले आइतबार साँझ नेता नेपालसँग भेटवार्ता गरेकी हुन् ।

गत वैशाख तेस्रो साता पनि नेकपाभित्र चरम शक्तिसंघर्ष हुँदा चिनियाँ राजदूतले तीव्र भेटवार्ता गरेकी थिइन् । त्यसवेला उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

त्यसबेलाको विवाद समाधान गर्न उनको सक्रियताले भूमिका खेलेको बताइएको थियो । सोमबार बस्ने स्थायी कमिटी बैठक अगाडी र विवाद नमिलिरहेको अवस्थामा राजदुत यान्छी -नेपाल भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार