३२ देशका २३९ वैज्ञानिकले गरे हावाबाट पनि कोरोना सर्ने दाबि !

२०७७ असार २२ साेमबार, एजेन्सी । वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबि गरका छन् । न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार हावामा स-सानाकणमा कोरोना भाइरस पाइएको दाबि गरिएको छ ।

साथै उनीहरुले हावामा कोरोना भाइरसका जीवाणु भेटिएकाले विश्व स्वास्थ्य संगठनलाई समेत कोरोना बारेको गाइड लाइनलाई परिवर्तन गर्न माग गरेका छन् ।

अनुसन्धानकर्ताहरु खुला पत्र लेख्दै विश्व स्वास्थ्य संगठनलाई यस्तो आग्रह गरेका हुन् । सो पत्र आउदो साता कुनै जर्नलमा प्रकाशित गर्ने योजना रहेको बताइएको छ ।

यस अनुसन्धानमा ३२ देशका २३९ वैज्ञानिक सहभागी रहेको बताइएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्ट :

239 Experts With One Big Claim: The Coronavirus Is Airborne

अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा कुराकानी गर्दा या आछ्यु गर्दा या हात मुखमा यान आँखा नाकमा लैजादा सार्ने बताउदै आएको छ ।

रिपोर्टका अनुसार वैज्ञानिकहरुले आछ्यु गरेपछि हावामा जाने जीवाणु एक कोठा बराबरको ठाउसम्म फैलिन सक्ने र त्यसमा रहेको भाइरसले अन्य व्यक्तिलाई संक्रमण गर्ने दाबि गरिएको छ ।

यस अनुसन्धानमा विश्व स्वास्थ्य संगठनले भने अनुसन्धानकर्ताले दिएको प्रमाण अप्रयाप्त भएको बताएको न्युयोर्क टाइम्सले लेखेको छ ।

विश्व स्वास्थ्य संगठनका डाक्टर बेनेडेटाले पछिल्लो दुई महिना देखिनै हावा बाट कोरोना सार्ने बारेमा धेरै छलफल र अध्ययन भएको तर यसको ठोस प्रमाण फेला नपरेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार