२०७७ असार २२ साेमबार, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आइतबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । आइतबार २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिएको डब्लूएचओले जनाएको छ ।
शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा एक करोड ११ लाख २५ हजार २४५ जनामा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख २८ हजार २०४ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा १५ हजार ७८४ मा संक्रमण पुष्टि भइसकेको छ भने ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ