२०७७ असार २२ साेमबार, एजेन्सी । इराकी सुरक्षा बलले राजधानी बगदादको ग्रिन जोन इलाकामा आइतबार अमेरिकी कूटनीतिज्ञ तथा सैन्य ठाउँलाई निसाना बनाएर दुईवटा रकेट बम हमला गरेको छ ।
इराकी सेनाका अनुसार पहिलो हमला ग्रिन जोनमा रहेको अमेरिकी दूतावास छेउमा भएको छ भने दोस्रो बगदाद नजिकै रहेको सैन्य अड्डालाई निसाना बनाएर गरिएको थियो । तर, ती हमला असफल बनेका छन् । सेनाका अनुसार रकेट ग्रिन जोनभन्दा केही पर रहेको एउटा घरको नजिक पुगेर झरेको थियो ।
उक्त हमलाबाट घरमा क्षति पुग्नुका साथै एक बालक घाइते भएका छन् । सुरक्षा बलले दोस्रो रकेट हमलालाई पनि असफल पारिदिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अक्टोबरदेखि अहिलेसम्म अमेरिकी कूटनीतिज्ञ तथा सुरक्षा बलप्रति तीन दर्शनभन्दा बढी मिसाइल हमला भइसकेका छन् ।
अमेरिकाले यसका लागि इरान समर्थित लडाकुहरूलाई दोष दिएको छ । त्यसैगरी समाचार एजेन्सी रोयटर्सले अहिलेसम्म कुनै पनि इरान समर्थित समूहले उक्त हमलामा सहभागी नभएको बताएको छ ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’