कोरोना संक्रमितको संख्या बढेसँगै भिक्टोरिया र न्यू साउथ वेल्सको सीमा बन्द

२०७७ असार २२ साेमबार, एजेन्सी । कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै अष्ट्रेलियाले भिक्टोरिया र न्यू साउथ वेल्सको सीमा बन्द गर्ने भएको छ। भिक्टोरियाको राजधानीमा गएको दुई हप्तामा संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएको कारण सीमा बन्द गर्ने निर्णय गरिएको हो।

सोमबारमात्रै भिक्टोरियामा एकैदिन १ सय २७ जना कोरोना संक्रमित भेटिएका थिए। एक महिनाअघिसम्म दुवै राज्यहरुमा कोरोनाको कुनै केस रिपोर्ट भएको थिएन।

अरु राज्यहरुले सीमा बन्द गरेपनि यी दुई राज्यले हालसम्म सीमा क्षेत्र बन्द गरेका थिएनन्। अब भने दुई राज्यमा यात्रा गर्न आधिकारिक निकायको स्वीकृती चाहिने भएको छ।

दुवै राज्यका अधिकारीहरुको सीमा बन्द गर्ने निर्णय सहमतिमा गरेको बताइएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार