बेकामे युवाको आगोमा तुक छ

               गजल

मायाको बाटोमा थुक नै थुक छ

घृणाको बाटोमा थुक नै थुक छ

 

फलमा होइन फूलमा माहुरी

महको शिशीमा चूक नै चूक छ

 

दुखिया मनमा घाउको बिस्कुन

उज्यालो यात्रामा अगुवा मूक छ

 

बस्तीमा सर्पको अँगालो दीनलाई

बेकामे युवाको आगोमा तुक छ

 

सुन थ्यो माटोमा सुन थे युवा नै

दलिनमा किन हो पासो र हुक छ

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार