नेता डा. महतद्वारा सत्याग्रहमा बसेका अभियन्तालाई भेट

२०७७ असार २२ साेमबार, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले सत्याग्रहमा बसेका इनफ इज इनफका अभियन्ता ई र पुकार बमलाई भेट गरेका छन् ।

काँग्रेसको कोरोना अनुगमन समितिका संयोजक समेत रहेका डा. महतले मण्डिकाटारस्थित ह्याम्स अस्पताल पुगेर अभियन्ता ई र पुकारको स्वास्थ्य अवस्था बारे जानकारी लिएको उनका सहयोगी अनुराग शाहले जानकारी दिए ।

शाहका अनुसार सहमहामन्त्री डा. महतले दुई अभियन्तालाई भेटेर आफुले पनि कोरोना परिक्षणको पिसिआर विधिमार्फत दायरा बढाउन सरकारलाई आग्रह र दबाब दिइरहेको र  युवाहरूको आन्दोलनमा आफ्नो एक्यवद्धता रहेको बताएका थिए। डा. महतले दुई अभियान्तासँग करिब १५ मिनेट जति कुराकानीका क्रममा बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनहरु नहुदा क्वारेन्टाइनहरु नै संक्रमणको केन्द्र बनेका बताएका थिए ।

सो भेटमा सत्याग्रहमा बसेका अभियन्ताले अहिलेको सरकारसँग सबै आस हराइसकेको र अब काँग्रेसले नै सरकारलाई सहि बाटोमा ल्याउनु पर्ने बताए । उनीहरुले सरकारले कोरोना नियन्त्रण गर्न पिसीआर बढाउनु पर्नेमा उल्टो सत्ता लम्ब्याउने बिवादमा अल्झिनु दु:खद भएको पनि बताएको शाहले जानकारी दिए ।

काँग्रेस सहमहामन्त्री महतसँगै समितिका सदस्य सरिन घिमिरेले पनि सो भेटमा उपस्थित थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार