धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या

२०७७ असार २२ साेमबार, कञ्‍चनपुर । कञ्‍चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेर फरार रहेका गोरे भन्‍ने गौरवबहादुर खड्का पक्राउ परेका छन् । उनलाई आज पुनर्वास नगरपालिका ५ बाट प्रहरीले पक्राउ गरेको हो ।

उनी शनिबार राति छिमेकी ४७ वर्षीय गोपाल कुँवरको घाँटीमा बन्चरो प्रहार गरी हत्या फरार भएका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार