बुढीगंगा नदीमा डुबेर एक किशाेर बेपत्ता

२०७७ असार २२ साेमबार, बाजुरा । बाजुराको बुढीगंगा नदीमा डुबेर एक किशाेर बेपत्ता भएका छन् । बुढीगंगा नगरपालिका– २ बस्ने १५ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए  ।

बेपत्ता  थापाको खोजी कार्यका लागि  जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको  प्रहरी निरीक्षक ठगुन्नाले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार