२०७७ असार २२ साेमबार, एजेन्सी । चीनको इनर मंगोलियामा नयाँ महामारी फैलिने आशंकामा चीनले सतर्कता बढाएको छ । ‘ब्ल्याक डेथ’ महामारी फैलाउने ब्युबोनिक प्लेग रोगका संक्रमित फेला परेसँगै सतर्कता बढाइएको हो । यो क्षेत्रमा एक जना मानिसमा ब्युबोनिक प्लेगको संक्रमण पुष्टि भएको हो । अहिले संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ उनको अवस्था पनि स्थिर रहेको बताइएको छ ।
ब्युबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ । यो रोग प्राणघातक हुन्छ तर यसलाई सामान्यरुपमा पाइने एन्टिबायोटिक्सबाट उपचार गरिन्छ । इनर मंगोलियाको बयानुर सहरस्थित एक अस्पतालमा शनिबार ब्युबोनिक प्लेगका संक्रमित फेला परेका हुन् । अहिलेसम्म कसरी र किन उक्त बिरामी संक्रमित भए भन्ने विषयमा स्पष्ट हुन सकेको छैन ।
चीनले अहिले उक्र क्षेत्रमा जनावरहरु मार्न र मासुमा प्रतिबन्ध लगाएको छ । जनावरको मासुबाट पनि यो रोग फैलिन सक्ने बताइएको छ ।
विश्वभर नै बेलाबेलामा यो रोग देखिने गरेको छ । सन् २०१७ मा माडागास्करमा यो रोग फैलिएको थियो । जहाँ तीन सय मानिसहरु संक्रमित भएका थिए । गत वर्षको मे महिनामा मंगोलियाको राजधानी सहर उलानबटारमा यो रोगको कारण दुईजनाको मृत्यु भएको थियो । लोखर्केको एक प्रजातिको मार्मोटको मासु नपकाई खाएको कारण उनीहरुलाई यो रोगको संक्रमण भएको थियो ।
१४ औं शताब्दीमा देखिएको यो महामारीको विषयमा अहिले धेरै कुरा थाहा भइसकेको र यसलाई कसरी रोक्ने भन्ने राम्रोसँग थाहा भएको कारण अहिले यो भाइरस नियन्त्रण गर्न सजिलो रहेको अधिकारीहरुले बताएका छन् ।
स्रोत : बीबीसी
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’