नेपाल वायुसेवा निगमको चालक दलमा ७ कोरोना संक्रमित

२०७७ असार २२ साेमबार, काठमाडौं । नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएकाे उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।

यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई काेराेना देखिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार