२०७७ असार २२ साेमबार, एजेन्सी । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा चर्चित फिल्म निर्देशक तथा निर्माता संजय लीला भन्सालीसँग प्रहरीले बयान लिन शुरु गरेको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भन्साली बयान दिन सोमबार मुम्बईस्थित बान्द्रा प्रहरी स्टेसनमा पुगेका छन् ।
मुम्बिया प्रहरीले दुई दिन अगाडी भन्सालीलाई बयानका लागि आउन पत्र काटेको थियो ।
मिडिया रिपोर्टका अनुसार सुशान्तलाई भन्सालीले दुई पटकसम्म फिल्ममा अफर गरेर निकालेको आरोप लागेको छ । सोहि कारणले सुशान्त डिप्रेशनमा गएको र आत्महत्या गरेको दाबि गरिएको छ । तर भन्सालीले भने दुवै पटक सुशान्तको समय नमिलेर काम गर्न नपाएको यस अघि नै विज्ञप्ति निकालेर स्पष्ट गरेका थिए ।
सुशान्तको आत्महत्या प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । यसैक्रममा प्रहरीले सुशान्तकी प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्ती, उनका म्यानेजर, सुशान्तको अन्तिम फिल्मकी हिरोइन संजना सांघीसमेत ३० जनासँग बयान लिइसकेको छ ।
सुशान्तले गत जुन १४ मा मुम्बईको बान्द्रास्थित आफु बस्ने फ्ल्याटमा आत्महत्या गरेका थिए ।
ट्रेन्डिङ
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात