गण्डकी प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ असार २२ साेमबार, गण्डकी । गण्डकी प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जना गरि १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा लमजुङको वेशीशहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जना रहेका छन।

त्यस्तै बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २र२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । जसमध्ये ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार