एउटा सेवा प्रदायकबाट दुईवटा मात्रै सिमकार्ड लिन पाइने

२०७७ असार २२ साेमबार, काठमाडौं । नेपाल सरकारले अब एउटा सेवाप्रदायकबाट दुइटा मात्रै सिमकार्ड लिन पाइने व्यवस्था गरेको छ । नियम अनुसार एक व्यक्तिले एउटा मोबाइल सेवा प्रदायक कम्पनीको दुई वटा मात्रै सिमकार्ड लिन पाउनेछन् । अब एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई-दुई वटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउनेछन् । एनटीसीको सीडीएमए लिनेको हकमा भने ३ वटासम्म जीएसएम सिम लिन पाउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सरकारले अब एउटा सेवाप्रदायकबाट दुई वटा मात्रै सिमकार्ड लिन पाइने व्यवस्था गरेको छ । यसअनुसार एक व्यक्तिले एउटा मोबाइल सेवा प्रदायक कम्पनीको दुई वटा मात्रै सिमकार्ड लिन पाउनेछन् ।

यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन । अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई-दुई वटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउनेछन् । एनटीसीको सीडीएमए लिनेको हकमा भने ३ वटासम्म जीएसएम सिम लिन पाउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सेवा प्रदायकहरुलाई पत्र लेखेर अब यो व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । प्रवक्ता मिनप्रसाद आर्यालका अनुसार एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको गृह मन्त्रालयको सुझावका आधारमा नयाँ व्यवस्था गरिएको हो ।

‘अब मोबाइलबाट बैंकिङ कारोबारदेखि विभिन्न महत्वपूर्ण कामहरु गरिन्छन्,’ उनले भने,’ मोबाइलको दुरुपयोग गरेर हुन सक्ने गतिविधि नियन्त्रण गर्न र व्यक्तिको पहिचानको आधार मोबाइल नम्बरलाई बनाउन जरुरी भएको छ ।’

प्राधिकरणले यसअघि देखि नै एउटा सेवा प्रदायहबाट दुई भन्दा बढी सिम चलाइरहेकाहरुलाई पनि यो नियम लागू गर्ने गरी व्यवस्था हुने बताएको छ ।

प्राधिकरणले हालसालै नागरिकतको सक्कलसहित सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै सिम दिन सकिने व्यवस्था लागू गरेको छ । अरुका नाममा सिम लिएर दुरुपयोग हुन थालदेपछि प्राधिकरणले सिमकार्डको विक्री वितरणमा कडाइ गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार