साढे २२ सय केजी चरेशसहित दुई जना पक्राउ

२०७७ असार २२ साेमबार, प्रदेश ५ । प्रदेश ५ प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले सोमबार साढे २२ सय केजी लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ८ स्यालापाखा निवासी ३५ वर्षीय रतिभान दमाई र गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं. ७ निवासी २९ वर्षीय मेघराज गिरी छन्।

५ नं. प्रदेश प्रहरी काार्यलय तुलसीपुर दाङको कार्यालयका प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले उनीहरूलाई बुटवलबाट पक्राउ गरेको हो।

प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको विशेष टोलीले बुटवल उपमहानगरपालिका वडा नं.१२ हरियाटोल निवासी धनबहादुर दमाईको खाली घरमा लुकाई राखेको अवस्थामा उक्त परिमाणमा चरेश बरामद गरेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता बैदवारले बताए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार