ब्राजिलमा संक्रमितको संख्या १६ लाख नाघ्यो

२०७७ असार २२ साेमबार, एजेन्सी । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको छ । यहाँ गएको २४ घण्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टायताका घटनाको अध्ययन गर्दा यहाँ ६०२ को मृत्यु भएको बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयलकाअनुसार यहाँ मृत्यु हुने व्यक्तिको संख्या ६४ हजार ८६७ जना पुगेको छ । गएको शनिबारमात्र ब्राजिलले ३८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । त्यसैगरी सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको थियो ।

गएको हप्तामा ब्राजिलमा कोरोना भाइरसबाट हरेक दिन एक हजारभन्दा बढीको ज्यान गएको देखिएको छ भने ठूलो संख्यामा संक्रमितहरु पनि थपिँदै गएका छन् । ब्राजिल कोरोना भाइरसबाट नागरिकको मृत्यु हुनेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ। यहाँ संक्रमण बढ्दो रुपमा देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म यस संक्रमणबाट १ लाख २९ हजार ८०० को ज्यान गएको छ । विश्वका सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा अहिलेसम्म २८ लाखभन्दा पनि बढी नागरिक संक्रमित हुन पुगेका बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार