आज थपिए कोरोनाका १ सय ८० संक्रमित

२०७७ असार २२ साेमबार, काठमाडौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ ।जसमा काठमाडौं जिल्लामा २४ र ललितपुर जिल्लामा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।यीसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार