२०७७ असार २२ साेमबार, एजेन्सी । साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिना बढाएको छ । अवधी बढाइएकोमा सरकारले कुनै शुल्क नलिने घोषणा पनि गरेको छ ।
गृहमन्त्रालयले आइतबार कोरोना महामारीका कारण यस्तो गरिएको जनाएको छ । महामारीका कारण आम मानिस, व्यापारी,निजी क्षेत्र र अन्यमा पर्ने असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
प्रवासीको भिसाको अवधी कोरोना महामारीको समयमै समाप्त भएको र फिर्ता जानका लागि दिइएको भिसा समेत प्रयोगमा नआएको अवस्थाका यस्तो निर्णय गरिएको जनाइएको छ ।
साउदी प्रेस एजेन्सीले यी नियमहरू आवश्यकता अनुसार परिर्वतन हुँदै जाने उल्लेखसमेत गरेको छ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो