काठमाडौँ महानगरले दियो ’ए’ डिभिजन लिगका ६ क्लबलाई १० लाख अनुदान

२०७७ असार २२ साेमबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहिद स्मारक ’ए’ डिभिजन लिगका ६ क्लबलाई अनुदान रकम वितरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमकाबीच क्लबका पदाधिकारीलाई १० लाखको चेक प्रदान गर्नुभएको हो ।
महानगरपालिकाले आज ६ क्लबलाई समान १०,१० लाख अनुदान रकम प्रदान गरेको छ ।

अनुदान रकम पाउने क्लबमा लिग च्याम्पियन मछिन्द्र क्लब, संकटा, हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, काठमाडौं खेल मण्डल (एनआरटी) र सरस्वती युथ क्लब रहेका छन् ।
महानगरले आफ्नो क्षेत्रभित्रका ए डिभिजन क्लबलाई वार्षिक १० लाख उपलब्ध गराउदै आएको छ । यस वर्ष कोरोनाका कारण कार्यक्रम प्रभावित बनेपछि ’बी’ र ’सी’ क्लबले भने अर्को वर्ष रकम प्राप्त गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार