लघुकथा- के थाहा निधारकाे ब्यथा!!

                                                                                                     -प्रज्जवल खड्का

२०७७ असार २२ साेमबार, काठमाडौं । पारि डाँडामा ठाेकिएर आएकाे हावा बाँसघारी हुँदै चिसाे भएर आईरहेकाे थियाे । उधुम गर्मिमा कति आनन्द आयाे। सुनसान छन वरिपरिका खेत, वारि पाखा ,पंधेराेमा अचेल त याे खडेरिमा पनि पानी टलपल भएर बस्दाे रैछ,लाग्छ याे गाँउका मान्छेलाई प्यास कम लाग्न थालेकाे छ । के समय बदलिएकै हाे त? पहिला पहिला गाग्रिका लाईन पर सम्म हुन्थे कुनै पितलका कुनै सिलाबरका, गाग्री हेरेर थाहा हुन्थ्याे कुन घरका छाेरि बुहारि कति अल्छी र कति जागरिला छन भनेर।
तल्लाे घरकाे बुच्चे गाग्री त्यसकाे त घाँटी माथिकाे गाेलाे भाग नै थिएन । कान्छिकाे प्याराे गाग्री, सानै थिई ऊ गाग्रि पनि हलुका भएर हाेला प्राय डाेकाेमा उसैले बाकेकि हुन्थि ।
मैले त कहिलेकाहीँ बुच्चे कान्छि भनेर पनि बाेलाउँथे अनि भन्थि “अहिले मारीदिन्छु अनि”
धेरै लामाे समय जन्मथलाे बस्ने माैका मिल्याे धेरै कुरा परिवर्तन भएकाे रैछ खेत, वारि पाखा खाेला मैले बाख्रा चराउने जंगल सबै नयाँ लाग्दै थियाे।
बुच्चे गाग्री त कता पुग्याे थाहा भएन तर बुच्चे गाग्रि बाेक्ने कान्छि धेरै ठुलि भैसकिछ । देख्ने बित्तिकै भनी “हामिलाई त बिर्सनु भयाे है” खिस्स हाँस्दै बाेलि “कँहा बिर्सनु तिमिहरुलाई नै सम्झेर त आएकाे हाे नि ।”  “कहिले सम्म बस्ने दाई ?”  ” बस्ने नि मन नअघाए सम्म”
धुवाकाे मुस्लाे मुल ढाेकाबाट बाहिर निस्किदै थियाे,धुवांसंगै आँखा मिच्दै निस्केकाे आमा अनि आमाकाे हातका राता चुरा अझै पनि त्यसरि नै बज्दाे रैछ छिन छिन ।
पाेहाेर आमाकाे मुख हेर्ने दिन कान्छिले किन्देकि रे ” दाेवटा त फुटयाे अझै लाँउदै छु तर काम गर्ने बेला चाहिँ फुकाल्छु अल्झिरहन्छ” आमा चुरा सुमसुम्याँउदै बाेल्नु भयाे।
आमाका चुरा,टीका,पाेतेकाे अभाब बुझ्ने त छाेरि नै त रैछन् नि हामी छाेरा त राति ४ बजे जाँताे पिस्दा आमाकाे हातमा बजेका चुराकाे आवाज सुन्दा पनि माथिल्लाे तलाबाटै कराउँथाै ” बेला न कुबेला कस्ताे डिसट्रब गर्न सकेकाे ” भाेलि उज्यालाे हुने बित्तिकै त्याे चुरा फुकालेर राख है हैन भने फुटाई दिन्छु””
आज त्यहि दिन सम्झंदै छु फेरि बाल्यकालमै फर्केकाे जस्ताे लाग्याे। “माेटाएछस बाबु” आमा बाेल्नु भयाे।
” अहिले त अलि घटें आमा” ” के खान्छस त खाना खाएर मात्र जा है बस एक्छिन पाक्दै छ”
” हैन आमा नखाने खाना पर्खिएर बसदिन”
“हाम्राे घरमा त खानै मानदैनस”
“धेरै बसिन्छ जस्ताे छ आमा अब वल्लाे घर पल्लाे घर डुलेर खाने बाहेक के छ र मेराे काम?”
” दूध खा न त दूध ल्याईदिन्छु”
आमा उठन खाेज्दै हुनु हुन्थ्याे, ” म ल्याईदिन्छु” कान्छि जुरुक्क उठेर गएर एक गिलास दुध लिएर आई र म पिउन लागेकाे थिँए आमा बाेल्नु भयाे, भाग्यमानी छस बाबु कति ठुलाे निधार छ तेराे कति भाग्यमानि सधै खुशी हुनु संधै सुखि हुनु।
निधार हेरेर भाग्यकाे लेखा जाेखा गर्ने आमालाई के थाहा याे निधारकाे ब्यथा । हैन आमा के भाग्यमानि हुनु ठुलाे निधारमा झन धेरै दुख अटाएकाे रैछ ठुलाे ब्यथा अटाएकाे हुँदाे रैछ। हजुरकाे सानाे निधारमा थाेरै ब्यथा अटाउँछ भावीले त्यति नै लेखे मेराे निधारमा धेरै ब्यथा अटाउँछ अनि धेरै लेखें सायद त्यहि लेखा आज दिन प्रतिदिन खेप्दै छु झेल्दै छु । फरक यति हाे सानाे निधार हुने आफनाे भाग्यमा लेखेकाे मात्र भाेग्छन् ,म ठुलाे निधार हुने भाग्यमा भएकाे पनि भाेग्छु नभएकाे पनि भाेग्दै छु । भाग्यमा नहुने पनि ठाेकिन्छन मेराे जिन्दगिमा अनि ब्यथा बढाएर जान्छन भाग्यमा हुने अरु ब्यथा त झन छँदै छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार