२०७७ असार २२ साेमबार, एजेन्सी । बलिउड अभिनेता टाइगर श्रफले नेपोटिज्म (नातावाद/गुटबन्दी)बारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। बलिउड अभिनेता ज्याकी श्रापका छोरा टाइगरले आफन्त र परिवारका सदस्य हुँदा बलिउड फिल्म इण्डस्ट्रीमा प्रवेश गर्न सहज भए पनि स्थापित हुन एकदमै कठीन रहेको अनुभव सुनाएका छन्।
अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे बहस भइरहेका बेला टाइगरले आफ्नो अनुभव सुनाएका हुन्। उनले इण्ड्रस्टीमा आफ्ना अभिभावक हुँदा उनीहरुको ख्यातीलाई गिर्न नदिने, अझ राम्रो गर्ने दबाब हुने स्मरण गरे।
‘पिता इण्ड्रस्टीमा हुँदा म माथि बढी प्रेसर छ। मानिसहरुलाई लाग्छ हामीलाई सहज छ। तर, म झुठो बोल्दिन। एक तरिकाले मानिसको ध्यान खिच्न सजिलो छ। तर हामीले आफूलाई स्थापित गर्नका लागि दोब्बर मेहनत गर्नुपर्छ। मैले आफूलाई पिताको छाया र इमेजबाट बाहिर निकाल्न सकेको छु,’ उनले भने।
आफूले पिता ज्याकीको ३० वर्षदेखि फिल्म इण्ड्रस्टीमा सफलता र असफलता सबै देखेको भन्दै उनले बाल्यकालमा पिताले धेरै नै साथ दिए स्मरण गरे। अहिले आफू आफ्नो खुट्टामा उभिएकाले आफूलाई टारगेट गर्न सहज भएको उनको भनाई छ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’