अमेरिकामा संक्रमितको संख्या ३० लाख नाघ्यो

२०७७ असार २३ मङ्गलबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी घटेको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३०४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३२ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ८५६ पुगेको छ । त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४९ हजार ७६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३० लाख ३० हजार ७८ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १३ लाख १० हजार ७४ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ९९५ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार २६७ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २२ हजार ८३१ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ३०२ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७७ हजार ३८४ जना संक्रमित भएका छन् । मसाचुसेट्समा ८ हजार १९८ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार २३६, त्यस्तै  पेन्सिलभेनियामा ६ हजार ८०५, क्यालिफोर्नियामा ६ हजार ४४५, मिचिगनमा ६ हजार २२१, कोनेक्टीकटमा ४ हजार ३३८, फ्लोरिडामा ३ हजार ७७८, लुसियानामा ३ हजार ३०२ जना, मेरिल्याण्डमा ३ हजार २४६, ओहियो २ हजार ९४०, जर्जियामा २ हजार ८७८, टेक्सासमा २ हजार ७२० र इन्डियानामा २ हजार ६९८ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार