२०७७ असार २३ मङ्गलबार, एजेन्सी । विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि विश्वमै चर्चित थिए ।
गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए ।
कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
उनले जीवनभरी आत्मसम्मानका साथ जीएको उनका सुभेच्छुक तथा उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् ।
“उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने ।
उनको निधनप्रति देशवासी र विश्वभरीका उनका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उहाँको योगदान र क्षमताको स्मरण गरेका छन् ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’