२०७७ असार २३ मङ्गलबार, एजेन्सी ।आफूलाई फ्यानसँग जोडेर राख्न प्रायः सेलिब्रिटीहरूले सोसल मिडिया प्रयोग गर्छन्। तर यस्तैमा हलिउडकी एक मोडलले सोसल मिडियाबाट ब्रेक लिने घोषणा गरेकी छन्। खानपिनसँग जोडिएका विषयमा पुस्तक लेख्ने लेखक एलिसन रोमनसँग चलिरहेको झगडाबीच मोडल क्रिसी टेगनले सोसल मिडियाबाट ब्रेक लिने घोषणा गरेकी हुन्।
ई अनलाइनको रिपोर्टअनुसार केही महिनापहिले कुकबुक लेखक रोमनले भोजनको संसारमा टेगनमाथि कटाक्ष गरेका थिए। यो टिप्पणीपछि उनका फ्यान उनको बचाउ गर्न आए। तर घटनाले फरक मोड लिँदै गयो।
यसैबीच टेगनले ट्विट गर्दै सोसल मिडियाबाट ब्रेक लिने आफ्नो निर्णय सुनाइन्। उनले भनिन्, ‘अहिले भएको यो नाटक मलाई मन परेन। मेरा सन्तानलाई पेट्री डिस बेबी भन्नु या मसँग कसैको नाम जोडेको मलाई ठीक लागेन। त्यसैले ब्रेक लिँदैछु।’
एलिसनले भने, ‘क्रिस टेगनले जे गरिन् त्यो बेवकुफीबाहेक केही होइन। उनीसँग एक सफल भान्साको किताब थियो। उसको इन्स्टाग्राम पेजमा एक मिलियनभन्दा धेरै फलोअर्स छन्।’ पछि एलिसनले माफी माग्दै एउटा इमेल गरे जसमा उनले आफूले प्रयोग गरेको भाषाप्रति खेद व्यक्त गरेका छन्।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’