ओली-प्रचण्डको वान टु वान वार्ता आजपनि, नेपाल समुह असन्तुष्ट

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका गर्ने पहल जारी रहेका बेला आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।यसअघि सोमबार भएको छलफल सकारात्मक भएको भनिएकोमा त्यसको निरन्तरताका लागि आज फेरी छलफल हुनलागेको हो ।

अहिलेसम्म दुवै अध्यक्ष छलफल गर्ने तह मात्र सहमत भएको तर ठोस एजेन्डामाथि सहमति नबनेको नेकपा नेताहरुले बताएका छन् ।आइतबारको छलफलमा बनेको अनौपचारिक कार्यदलले सहमतिको विन्दु खोज्ने तयारी गरिरहेको भएपनि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफुहरुलाई यो प्रक्रियामा समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

वरिष्ठ नेता नेपालले सोमबार ओली-प्रचण्ड भेटवार्तापछि प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टि राखेको बताइएको छ ।नेता नेपालले दुई अध्यक्ष मात्र बसेर समस्याको समाधान नहुने बताउदै पर्तियो विवाद मिलाउने प्रक्रियामा आफ्नो पक्षको सहभागिताको विषय उठाएका थिए । नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएकाले सो भन्दा अगाडी सम्म दुवै अध्यक्षबीच सहमति बनाउने प्रयास भइरहेको बताइएको छ ।

नेकपाका दोस्रो तहका नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनले सहमति बारे गृहकार्य गरिरहेको बताइएपनि सोमबारको बैठकमा दुवै अध्यक्षबीच वान टु वान नै वार्ता गर्ने सहमति भएकाले अब कसरी सहमतिको बिन्दु खोजिन्छ भन्ने अन्योल कायमै रहेको छ ।

आज ओली-प्रचण्डबीचको छलफलको समय तोकिएको छैन भने आजै ४ बजेका लागि क्याबिनेट बैठक रहेकाले सो भन्दा अगाडी दुवै अध्यक्ष बस्न सक्ने बालुवाटार स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार