‘द म्याट्रिक ४’मा प्रियंका चोपडा

अभिनेत्री प्रियंका चोपडा चर्चित एक्सन साइन्स फिक्सन म्याट्रिक्सको चौथो श्रृखंलामा काम गर्ने पक्का भएको छ। टाइम्स अफ इण्डियाले सिनेमामा प्रियंका अनुबन्धित भएको जनाएको छ।

सिनेमामा प्रियंका अनुबन्धित भएको जनाइए पनि उनी कस्तो खाले भूमिकामा अनुबन्धीत भएकी हुन भन्ने बारेमा केही उल्लेख गरिएको छैन।

सिनेमामा क्यारी एनी मोस, नेल प्याट्रिक ह्यारिस र यह अभ्दुल-माटिन पनि प्रमुख भूमिका हुनेछन्।

सिनेमाको हालैमात्र बर्लिनमा पुनः काम सुरू भएको छ।

मार्चमा कोरोना महामारी सुरू भएपछि सिनेमाको काम रोकिएको थियो। यध्यपी सिनेमाको सान फ्रान्सिस्कोको काम भने लकडाउन अगावै सकिएको थियो। सिनेमाका एक्सन दृश्यका लागि कलाकारहरूले हप्तौंसँग प्रशिक्षण लिइएको बताइएको छ।

‘द म्याट्रिक्स ४’ दुई वर्षपछि सन् २०२२ को अप्रिल १ मा रिलिज हुनेछ।

प्रियंका पछिल्लो पटक ‘सोनाली बोसको ‘द स्काइ इज पिंक’मा देखिएकी थिइन्। सिनेमा गत वर्षको अक्टोवरमा रिलिज भएको थियो।

सिनेमाको पहिलो भाग सन् १९९९ मा रिलिज भएको थियो। सिनेमामा कानु रिभ्सले ‘नियो’को भूमिकालाई निरन्तरता दिनेछन्।

सिनेमाको पछिल्लो श्रृंखला ‘ द म्याट्रिक स रिभोलुसन’ सन् २००३ मा रिलिज भएको थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार