सुनचाँदीको मुल्य बढ्याे

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । मंगलबारc छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ७ सयले बढेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९० हजार ९ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार भने सुन तोलामा ९० हजार २ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रति तोला ९० हजार ४६० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि मंगलबार बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाले बढेर ९५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार