चिनियाँ राजदुतको सक्रियता : नेकपा नेता खनालसँग करिब एक घण्टा छलफल

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगिरहेका बेला नेपालका लागि चीनकी राजदूत होउ यान्छीको सक्रियता बढेको देखिएको छ । यसैक्रममा राजदूत यान्छीले नेकपाका शिर्ष नेताहरुसँगको भेटघाटलाई तिब्र बनाएकी छन् ।

राजदुत यान्छीले मंगलबार बिहान नेकपाका अर्का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । करिब एक घण्टा भएको भेटवार्ता काठमाडौँको डल्लुस्थित खनाल निवासमा भएको थियो ।राजदुत यान्छीले आइतबार मात्र अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।

यसअघि गत बैशाखमा नेकपाभित्र विवाद बढेको बेला राजदुत यान्छीले नेकपाका शिर्ष नेताहरुलाई भेटेर विवाद मिलाएको आम रुपमा चर्चा भएको थियो ।

यस पटकपनि राजदुत यान्छीको सक्रियतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार