ओली भेट्न बालुवाटार जाँदै प्रचण्ड

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच फेरि पनि वार्ता हुँदैछ। नेकपाभित्र देखिएको किचलो मिलाउन उनीहरुबीच मंगलवार बिहान साढे ११ बजे बालुवाटारमा भेट गर्ने तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

प्रचण्ड ओली एक्लाएक्लै वार्तामा बस्न लागेका हुन्। यसअघि पनि पटकपटक वार्तामा बसे पनि निष्कर्ष भने निस्कन सकेको छैन। सहमतिका लागि दुई अध्यक्षबीच विभिन्न विषयमा छलपल हुने नेकपाका नेताहरुले बताएका छन्।

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई दुबै पदबाट राजीनामा दिन माग चर्को गरी उठेपछि पार्टी विभाजनको संघारमा पुगेको थियो। प्रचण्ड-वरिष्ठ नेता माधव नेपाल समूहले ओलीले पार्टी फुटाउन लागेको आरोप लगाएका थिए भने ओलीले आफू र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट हटाउन खोजेको आरोप लगाएका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार