सुदूरपश्‍चिममा संक्रमितको संख्या ३५ सय ४२ पुग्यो

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ३५ सय ४२ पुगेको छ । जसमा ८ सय ११ महिला र २७ सय ३१ जना पुरुष छन् ।

सोमबार साँझसम्म ९ सय ४ जना डिस्चार्ज भएका छन् ।  प्रदेशमा हालसम्म सातजनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । संक्रमितमध्ये कैलालीका ९५० जना छन् ।

यस्तै अछामका ५५४, बैतडीका २८३, बझाङका १३९, बाजुराका ३९०, डडेल्धुराका २६७, दार्चुलाका १७, डोटीका ५१४ र कञ्‍चनपुरका ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । फलोअप केसलाई यसमा समावेश नगरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ६ हजार१०७ जना अझै क्‍वारेन्टिनमा रहेको मन्‍त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार