इन्डोनेसियामा शक्तिशाली भूकम्प

२०७७ असार २३ मङ्गलबार, एजेन्सी । इन्डोनेसियामा ६ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

इन्डोनेसियाको सेमाराङमा भूकम्पको धक्का महसुश भएको हो । सरकारी अधिकारीहरुले घटनाको पूर्ण विवरण आइनसकेको बताएका छन् । भूकम्पको क्षति कति भएको छ भन्ने यकिन भइसकेको छैन । यसअघि सोमबार पनि ताजिकिस्तानमा भूकम्प गएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार