मृत्यु भएका युवकमा कोरोना पुष्टि

२०७७ असार २३ मङ्गलबार, काठानडौं । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण देखिएको छ। मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।

भीमसेनथापा गाउँपालिका-२ का २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए। अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरीएकाे थियो।

‘उहाँलाई भर्ना गर्दै अवस्था गम्भीर थियो। हिजो मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखियो,’ डा. शर्माले भने। उनले  युवकको शव व्यवस्थापन गर्ने काम जारी रहेको बताए।

गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले मृतक युवकमा मानसिक समस्या रहेको जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार