कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७७ असार २३ मङ्गलबार, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रवस्तीकी १९ वर्षीया किशोरी सरस्वती धामीको विद्युतीय करेन्ट लागेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार, मंगलबार (आज) बिहान पानी परिरहेको समयमा किराना पसलको सटर खोल्ने क्रममा सटरबाटै विद्युतीय करेन्ट लागेर धामीको ज्यान गएको हो ।

मृतक किशोरीको शव परीक्षणका लागि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार