सुदूरपश्चिम प्रदेशमा २२ संक्रमित थपिए

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप २२ जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालएल दिएको अपडेट अनुसार कैलालीका १७ सहित सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछाम जिल्लाका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा कैलालीको लम्कीचुहा नगरपालिकाका ३ महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका ३ महिला र एक पुरुष गरी ४ जना रहेका छन् ।

त्यस्तै अछामको मेल्लेख गाउँपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा २०९ नमुना परीक्षण भएको अस्पतालले जनाएको छ ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ७१३ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने ९०४ निको भएर डिस्चार्ज भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार