नेप्से १३ सयभन्दा माथि, आज एक अर्ब २१ करोडको कारोबार

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । बिगतमा १२ सय अंकको सेरोफेरोमा रहेको नेप्से आज मंगलबार १३ सय अंकबाट पनि माथि चढेको छ ।

नेप्से आज ३७ दसमलव ९३ अंकले बढेर १३ सय ३६ दसमलव ६६ बिन्दुमा चढेको हो । यसैगरी सेन्सिटिभ पनि छ दसमलव ७१ अंकले बढेर दुई सय ८२ दसमलव ५९ बिन्दुमा चढेको छ । आज एक सय ७८ कम्पनीहरुको १८ हजार एक सय ४० वटा कारोवारमा २८ लाख ८३ हजार नौ सय ४८ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम एक अर्ब २१ करोड २४ लाख २६ हजार दुई सय ६७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जससध्ये पनि बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव ८३ अंकले बढेर ११ सय ३५ दसमलव ६४ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक तीन सय ६५ दसमलव ४६ अंकले बढेर छ हजार एक सय ४८ दसमलव २० बिन्दुमा चढेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ९८ दसमलव ३८ अंकले बढेर सात हजार नौ सय ९९ दसमलव ३३ बिन्दुमा चढेको छ । बिकास बैंक, जलबिद्युत, लघुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक बढेर पुरै हरियो भएको छ ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मञ्जुश्री फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० रुपैंयाँले बढेर दुई सय ८६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८५ पैसाले घटेर ५० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता चार सय ८४ रुपैयाँ अन्तिम मुल्यमा नौ करोड १२ लाख ६७ हजार ८३ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज एभरेष्ट बैंक, श्री इन्भेष्टमेन्ट फाईनान्स, सुर्योदय लघुबित्त बित्तीय संस्था, उन्नती लघुबित्त बित्तीय संस्था सहितका चार वटा संस्थाको बोनस सेयर सुचीकृत भएकाछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार