नेपालमा कोरोना संक्रमण घट्दो क्रममा! लगातार तेस्रो तीन देखिए कम संक्रमित

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । मंगलवार थप २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ। पछिल्ला दिनमा नेपालमा संक्रमित भेटिने दर घटदो क्रममा रहेको छ। लगातार तेस्रो दिन कम संक्रमित देखिएका हुन्।

मंगलवार ६ हजार १ सय ३३ को पीसीआर गरिएको थियो।

शनिवार यता गरिएको परीक्षणमा २४ घण्टाको रिपोर्टमा संक्रमित संख्या ३ सय कटेको छैन। शनिवार २ सय ३२ संक्रमित भेटिएकोमा आइतवार त्यो संख्या २ सय ९३ र सोमवार संक्रमित संख्या घटेर १ सय ८० पुगेको थियो। शुक्रवार ७ सय ७४ कोरोना संक्रमित थपिएकोमा शनिवार २ सय ३२ मात्र संक्रमित थपिएका थिए।

त्यसैगरी आइतवार २ सय ९३ जनामा संक्रमित पुष्टि भएको थियो।

असार पीसीआर संक्रमित संक्रमण दर(प्रतिशतमा)
१५ गते ,७९१ ४७६ .११
१६गते ,७११ ३१६ .
१७ गते ,८८६ ४८२ .८६
१८ गते ,५३७ ४७८ १०.४२
१९ गते ,४८३ ७७४ १६.५०
२० गते ,०५० २३२ .७२
२१ गते ,७१० २९३ .२२
२२ गते ,७२१ १८० .८
२३ गते ,१३३ २०४ .३
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार