साधारण सदस्यतासमेत नरहने गरि पार्टीबाट निष्कासित भइन् सरिता गिरी

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । सांसद सरिता गिरीलाई कारबाहीका लागि समाजवादी पार्टी साधारण सदस्यता समेत नरहने गरि हटाएको छ । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कार्यदलले कारबाहीका लागि सिफारिस गरे बमोजिम पार्टीको पदाधिकारी बैठकले संसद गिरीलाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

पार्टीले साधारण सदस्य समेत नरहने गरि हटाएपछि अब गिरीको सांसद पद पनि जाने भएको छ ।समाजवादी पार्टीले गरेको निर्णय संसदलाई जानकारी गराउने समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनको मतदानमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेर अनुपस्थित भएकी थिइन् ।

गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । संसदमा बोल्न खोजेकी सांसद गिरीलाई सभामुखले बोल नदिएपछि बैठकबाट बाहिरिएकी थिइन् ।

पार्टीको ह्वीप नमानेपछि छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो भने कार्यदलको सदस्यमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ रहेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार