काठमाडौँ उपत्यकामा अहिलेसम्म २६७ जनामा कोरोना संक्रमण

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । काठमाडौँ उपत्यकामा अहिलेसम्म २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विभाग अन्तर्गतको इपिमिडियोलोजीव विभागका प्रमुख डाक्टर बासुदेव पाण्डेले काठमाडौँ जिल्लामा १७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना गरि अहिलेसम्म उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

डा. पाण्डेले यसमा ७९ जना विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्ति रहेको जानकारी दिएका छन् । पाण्डेले विदेशबाट आएकामा केबल ३५ प्रतिशतले मात्र पिसिसिआर गरेर आएको बताउदै कतिपय कोरोनाका लक्षण भएका समेत विदेशबाट आएको बताए । कतिले परिक्षण नै नगरी प्रमाणपत्र लिएर आएकोले पनि संक्रमित देखिएको जानकारी दिएका छन् ।

पाण्डेले काठमाडौँमा काठमाडौँ बाहिरबाट आउनेहरुलाई ट्रयाक गर्न नसकिएको बताउदै उपत्यकाका कैयौं ठाउमा बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको  बताए । उनले सरकारले छिट्टै ४५ हजार मानिसहरुको टेस्ट गर्ने योजना बनाएको बताउदै त्यसका लागि सम्भावित संक्रमितको पहिचान गर्ने काम गरिरहेको बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार