कोरियामा फेरि फैलिन थाल्यो कोरोना संक्रमण

२०७७ असार २३ मङ्गलबार, एजेन्सी । कोरोनाभाइरसको संक्रमण नियन्त्रण भएको देशमध्ये पर्ने दक्षिण कोरियामा फेरि संक्रमण फैलिन थालेको छ ।

पछिल्लो हप्तामा हरेक दिन ५० नयाँ बिरामीका दरले संक्रमितको संख्या बढ्न थालेको छ । स्थानीय मिडियाका अनुसार सोमबार मात्रै कोभिड १९ का बिरामी थप ४४ जना थपिए । यससँगै हालसम्म कोरियामा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ८१ पुगेको छ । तीमध्ये २ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

चीनमा संक्रमण फैलिएपछि कोरियामा पनि यसको असर देखिन थालेको थियो । तर प्रारम्भिक अवस्थामा कोरियाले संक्रमण चुस्त रुपमा नियन्त्रण गरेको थियो । पछिल्लो समय विदेशीहरुबाट कोरोना फेरि फैलिन थालेको बताइन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार