प्रदेश १ मा थप ९ जनामा कोरोना संक्रमण

२०७७ असार २३ मङ्गलबार, प्रदेश १ । प्रदेश १ मा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका ६ जनासहित सुनसरीका २ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा विराटनगरका ६ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धरानका २ र झापाको बाह्रदशीका एक जना गरी कुल ९ जनामा कोरोना स‌ंक्रमण देखिएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार