२०७७ असार २३ मङ्गलबार, एजेन्सी । चर्चित सर्ट भिडियो एप टिकटकले हङकङमा आफ्नो अप्रेसन बन्द गर्ने भएको छ ।हङकङमा चीनले नयाँ सुरक्षा नीति लागु गरेपछि टिकटकले हङकङमा आफ्नो एप बन्द गर्ने भएको हो । बिबिसीका अनुसार टिकटकका प्रवक्ताले हङकङमा आफ्नो एप बन्द गर्ने बताएका छन् ।
चीनले हङकङमा लागु गरेको नयाँ कानुन अनुसार सबै टेक कम्पनिले चीन सरकारलाई डाटा सेयर गर्नुपर्ने नियम लागु गरेको छ । यो कानुन लागु भएपछि फेसबुक, ट्वीटर जस्ता चर्चित कम्पनिहरुले पनि हङकङमा कसरी काम गर्ने भन्ने योजना बनाइरहेको बिबिसीले उल्लेख गरेको छ ।
विश्वमा आफ्नो उपस्थिति देखाउन चाइनामा रहेको बाइटडान्स नामको कम्पनिले सर्ट भिडियो एप लन्च गरेको थियो । जसको उद्धेश्यनै चीन बाहिर आफ्नो प्रभाव फैलाउने रहेको थियो । सोहि कम्पनिले चीनमा भने टिकटक जस्तै डोउयीन नामको छुट्टै एप संचालन गरिरहेको छ ।
अहिले टिकटकको नेतृत्व गरिरहेका केभिन मेयरले टिकटकका डाटा चीनमा स्टोर नहुने बताएका थिए । कम्पनिले चीन सरकारको प्रयोगकर्ताको डाटामाथिको अधिकारको अनुरोधलाई अश्विकार गर्दै आएको बताएको छ । तर हङकङमा चीनले लागु गरेको नयाँ डाटा सुरक्षासम्बन्धि नीतिले सरकारलाई डाटा दिने पर्ने बाध्यात्मक परिस्थिति बनेपछि टिकटक हङकङबाट बाहिरिने भएको बताइएको छ ।
साथै अहिले भारत लगयात धेरै प्रयोगकर्ता भएको देशमा टिकटक बन्द भएकाले आफ्नो प्रो-चीन छबि सुधार्न पनि हङकङबाट बाहिरिने निर्णय गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल