ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना संक्रमण

२०७७ असार २४ बुधबार, एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना संक्रमण भएको छ । टेलिभिजनमा बोल्दै राष्ट्रपति बोलसोनारोले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

६५ बर्षिय राष्ट्रपति बोल्सोनारो टेलिभिजन सम्बोधनमा मास्क लगाएर उपस्थित भएका थिए । कोरोना जास्ता लक्षण देखिएपछि बोल्सोनारोको कोरोना परिक्षण गरिएको उनको कार्यालयले जनाएको छ ।

राष्ट्रपति बोल्सोनारोले कोरोनालाई सामान्य फ्लू भन्दै विश्व स्वास्थ्य संगठनका मापदण्डको अवज्ञा गर्दै आएका थिए । उनी देशमा लकडाउन र सामाजिक दूरी राख्नेको सधै विपक्षमा रहदै आएका छन् । सार्बजनिक ठाउमा बिना मास्क गएका कारण उनलाई एक अदालतले मास्क नलगाई उपस्थित भएमा जरिवाना गर्ने आदेश समेत दिएको थियो । यद्यपी सो आदेशलाई उपल्लो अदालतले खारेज गरिदिएको थियो ।

देशमा मास्क लागाउने कानुनमाथि बोल्सोनारोले भिटो प्रयोग गर्दै सार्बजनिक ठाउमा मास्क अनिवार्य नहुने कानुन ल्याएका थिए ।

ब्राजिल अहिले अमेरिका पछि धेरै कोरोना संक्रमित र मृत्यु हुने देश बनेको छ । ब्राजिलमा अहिले १६ लाख २८ हजार संक्रमित रहेका छन् भने ६५ हजार ६ सयको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार