नारायणी नदीमा डुबेर युवक बेपत्ता

२०७७ असार २४ बुधबार, भरतपुर । दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बेपत्ता भएका हुन् ।

नारायणी नदी किनारको प्रदर्शनी मैदान नजीकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बेपत्ता बनाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार आज दिउँसो साढे ४ बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बेपत्ता बनाएको हो ।

परियारको खोजी जारी रहेको रेग्मीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार